लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीद्वारा सांसद पदबाट राजीनामा

Spread the love

बुटवल । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा पत्र बुझाएका हुन् ।

डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन् । उनले डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको बताए ।

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा उभिएपछि उनी थप अफ्ठेरोमा परेका छन् ।

यसअघि दाङकै विमला वली खत्री माओवादीमा प्रवेश गरेकी छन् भने कपिलवस्तुका दृघनारायण पाण्डे प्रदेश सभा सदस्यबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता

२०७८ बैशाख २२, बुधबार १६:१२
Spread the loveविश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी–७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ । आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरुले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरिरहेको चेतावनी दिएको छ । […]

समाचार छुट्याे की?