लियोनल मेस्सीलाई लगातार पाँचौ पटक पिचिची ट्रफी

Spread the love

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् । सन् २०२०–२१ को सिजन ला लिगामा सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले लगातार पाँचौ पटक पिचिची ट्रफी आफ्नो नाममा लेखाएका हुन् ।

लगातार पाँच पटक यो अवार्ड जित्ने उनी पहिलो खेलाडी समेत बनेका छन् ।मेस्सीले यस सिजनको ला लिगामा ३५ खेल खेल्दै ३० गोल गरेका थिए । ट्रफी जितेपनि मेस्सीको टोली बार्सिलोनाले भने तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

पिचिची अवार्ड जित्नेक्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जेमालाई उछिने । बेन्जेमाले यस सिजन २३ गोल गरेका छन् । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद विघटन अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने सुनियोजित षड्यन्त्रः विवेकशील साझा

२०७८ जेष्ठ ९, आईतवार ०८:५५
Spread the loveकाठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन तथा नयाँ निर्वाचनको घोषणा अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै आकांक्षाको सुनियोजित निरन्तरता भएको बताएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरी कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधि, […]

समाचार छुट्याे की?