सुदूरपश्चिममा एमालेलाई केन्द्रको निर्णय अमान्य, सरकारको समर्थन फिर्ता नलिने निर्णय

Spread the love

धनगढी । सूदूरपश्चिम प्रदेशको नेकपा एमालेको संसदीय दलको बैठकले सरकारमै रहने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो ।

नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा नआएको बताइन् ।

हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिरिने निर्णय भएको बताइन् । बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन् ।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन् । सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा कोरोना संक्रमण दर घट्यो, मृत्युदर घटेन

२०७८ जेष्ठ १२, बुधबार १३:३८
Spread the loveकोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ […]