जनमोर्चाका सांसद थापाको पुनर्बहालीविरुद्ध सर्वोच्चमा पुनरावलोकन मुद्दा दर्ता

Spread the love

काठमाडौं । गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा पुनरावलोकन मुद्दा परेको छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख र जनमोर्चाका सांसद पियारी थापालगायतले पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् ।

मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ । मुद्दाको पेशी भोलिललाई लागि तोकिएको छ । गण्डकीमा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् । सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको सन्दर्भमा भ्याकेट निवेदन परेको हो ।

गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको भन्ने मुख्य कारण देखाई उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम जनमोर्चाको सिफारिसमा हटाइएको थियो ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुरेमा कुनै पनि हस्तक्षेप हुँदैनः अर्थमन्त्री पौडेल

२०७८ जेष्ठ २६, बुधबार १४:३९
Spread the loveकाठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरिएको बजेट घाटा कम गर्न ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने नीति चुरे क्षेत्रसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ । त्यसरी उत्खनन गरिने ढुङ्गा, गिट्टी र बालुवा खानी तथा भूगर्भ विभागले यसअघि पहिचान गरेका १४ जिल्लाका ९२ खानीबाट मात्र […]

समाचार छुट्याे की?