गरिब राष्ट्रलाई एक अर्ब डोज खोप उपलब्ध गराउन जी–सेभेनका नेताहरू सहमत

Spread the love

धनी राष्ट्रहरूको समूह जी–सेभेनको बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् । ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन् ।

उक्त परिमाणमा वेलायतले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ । विश्वलाई खोप लगाउने यो अर्को महत्वपूर्ण कदम भएको उनले बताए । पत्रकार सम्मेलनमा उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै ‘विश्वकै सबैभन्दा लोकप्रिय खोप’ भएको बताएका छन् ।

लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई उदारतापूर्ण कार्य को सङ्ज्ञा दिए । उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश एकको नीति तथा कार्यक्रम बहुमतले पारित

२०७८ जेष्ठ ३०, आईतवार २०:३४
Spread the loveविराटनगर । प्रदेश एकको प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आइतबार बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा कार्यक्रम […]