कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् ।
प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको दलको बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ ।
संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए।