त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

Spread the love

काठमाडौं । नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ । आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड –१९ का कारण स्थगन गरिएको होे ।

सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ(क्यान)का सचिव अशोकनाथ प्याकुरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो ।

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहनुभएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए ।

नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ । लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेटौँडा उपमहानगरपालिकाद्वारा दुई अर्ब ६० करोडको बजेट प्रस्तुत

२०७८ असार १०, बिहीबार १९:५३
Spread the loveहेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा बिहीबार नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा १२ करोड ९८ लाख, सामाजिक विकासमा ६३ करोड ९२ लाख, […]

समाचार छुट्याे की?