राष्ट्रपतिलाई संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार छैनः टीकाराम भट्टराई

Spread the love

काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिलाई संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइको क्रममा भट्टराईले राष्ट्रपतिले कसैलाई प्रधानमन्त्री नियुक्ति गर्न पाउदिन भन्न नपाउने बताएका हुन् । उनले राष्ट्रपतिले संवैधानिक कर्तव्य वा दायित्व पूरा गर्नैपर्ने जिकिर गरे ।

उनले भने, ‘धारा १२७ ले सैनिक अदालतले गरेको आदेश समेत सर्वोच्च अदालतको ‘जुरिस्डिक्सन’ भित्र पर्ने व्याख्या अदालतले गरिसकेको छ । राष्ट्रपतिले ७६(५) बमोजिम केपी शर्मा ओली मात्रै होइन कसैलाई पनि नियुक्ति गर्न पाउदिन भन्न पाउनुहुन्न । राष्ट्रपतिको संवैधानिक कर्तव्य हो । चार जनाको दाबी परेपनि उहाँले नियुक्ति गर्नुपर्छ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले महाभियोग लाग्ने काम गरेको बताए । उनले भने, ‘राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन । त्यस्तै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा थप ५१ हजार सङ्क्रमित, १३ सयको मृत्यु

२०७८ असार ११, शुक्रबार १३:३३
Spread the loveभारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ । त्यसैले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि […]