मनाङका सरकारी कार्यालयमा सोलार जडान

Spread the love

मनाङ । बाढीपहिरोका कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिने भएको छ । बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३० गतेदेखि चामेका सरकारी कार्यालयमा विद्युत् सुविधा विच्छेद भएको थियो ।

सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो ।

सरकारले १६ वटा कार्यालयका लागि चार चरणमा सौर्य ऊर्जा प्रणालीका सामग्री शनिबार चामे पुर्याएको हो । पोखराबाट बेँसीशहर लगिएको भए पनि मौसम खराब भएका कारण सामान चामे पुर्याउन सकिएको थिएन ।

शनिबार मौसम खुलेसँगै ती सामग्री मनाङ पुर्याइएको र आजदेखि जडान शुरु गरिने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेलले जानकारी दिए ।

करिब १९ लाखको सामान ढुवानीका लागि चार लाख ३१ हजार खर्च भएको छ । सबै खर्च गण्डकी सरकारले नै बेहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो । प्रत्येक कार्यालयका लागि १५० वाटका दुई वटा सोलार प्यानल, दुई वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।

बाढी पहिरोका कारण जिल्लाका स्थानीयस्तरका लघुजलविद्युत् योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन ।

असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राजिलमा भारतीय खोप खरिदबारे छानबिन गर्न अदालतको स्वीकृति

२०७८ असार २०, आईतवार १०:२२
Spread the loveब्राजिलको सर्वोच्च अदालतले भारतबाट कोभ्याक्सिन खोपको खरिदमा भएको हुन सक्ने भ्रष्टाचारबारे छानबिन गर्न अनुमति दिएको छ । शुक्रवार एक न्यायाधीशले उक्त प्रकरणमा राष्ट्रपति जाइर बोल्सोनारूको भूमिकाको अनुसन्धान गर्न गरिएको अनुरोधलाई मन्जुरी दिएका हुन् । गोप्य सूचना बाहिर ल्याइदिएका स्वास्थ्य मन्त्रालयका एक अज्ञात कर्मचारीले कोभ्याक्सिन खरिदको विषयमा बढी मूल्य तिरेर […]