इयूद्वारा अमेजनलाई ८८ करोड डलर जरिवाना

Spread the love

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।

खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।

लक्जेम्बर्गको तथ्याङ्क सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।

अमेजनकी एक प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेलम्चीमा फेरि बाढी, बगायो चनौटेको रातो पुल

२०७८ श्रावण १६, शनिबार २२:२३
Spread the loveमेलम्ची । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आइतबार बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब […]