दार्चुला घटनाकाबारेमा भ्रमपूर्ण सूचना सम्प्रेषण नगर्न गृह मन्त्रालयको अनुरोध

Spread the love

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली घटनास्थल पुगेको जनाएको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन दिइसकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ।’

घटनाको अनुसन्धान भइरहेकाले तथ्य पुष्टि नभएकाले भ्रम सृजना गर्ने गरी सूचना सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इयूद्वारा अमेजनलाई ८८ करोड डलर जरिवाना

२०७८ श्रावण १६, शनिबार २२:००
Spread the loveअमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ […]