पार्टी एकताका लागि थप पहल गर्ने भन्दै एमाले स्थायी कमिटी बैठक स्थगित

Spread the love

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार दिउँसो तीन बजे बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

“बैठकको शुरुवातमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा अहिलेसम्म भएको प्रयासबारे विघटित कार्यदलका सदस्यसँग जानकारी माग्नुभयो”, उनले भने, “पार्टी एकताका सन्दर्भमा आज बिहान भएको छलफलका बारेमा मैले अध्यक्ष ओलीलाई जानकारी गराएँ । त्यसपछि अध्यक्ष ओलीले पार्टी एकताको प्रयासलाई अगाडि बढाउन बैठक स्थगित गर्नुभयो ।”

नेता नेम्वाङले पार्टी एकताबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टीका केही साथीहरु गएको बैठक स्थगित गरिएको जानकारी दिए । आजको बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो । उनका अनुसार बैठक भोलि दिउँसो तीन बजे पुनः बस्नेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुला घटनाकाबारेमा भ्रमपूर्ण सूचना सम्प्रेषण नगर्न गृह मन्त्रालयको अनुरोध

२०७८ श्रावण १६, शनिबार १९:३९
Spread the loveकाठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली घटनास्थल पुगेको जनाएको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता […]

समाचार छुट्याे की?