काठमाडौँ । नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादी नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकरले चौधरीले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम दिन अस्वीकार गरेको हो । स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।