काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने

Spread the love

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन २२ गते देखि दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।

जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । यसअघि साउन १४ देखि १८ गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जनाले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन नेपाललाई आग्रह

२०७८ श्रावण १९, मंगलवार १३:०२
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान दुई नेताबीच कोटेश्वरमा भेटवार्ता भएको हो । नेकपा एमालेको नेपाल पक्षलाई सरकारमा ल्याउने सन्दर्भमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग भेट गरेका हुन् । नेपालसँग भेट्न अध्यक्ष प्रचण्डले […]