कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

Spread the love

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।

एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

२०७८ श्रावण १९, मंगलवार १७:०५
Spread the loveकाठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णयसमेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र […]

समाचार छुट्याे की?