कलाकार शम्भुराज थापाको निधन

Spread the love

काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान उपचारका क्रममा निधन भएको हो ।

थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए । थापाका श्रीमती, एक छोरी र एक छोरा छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

२०७८ भाद्र ५, शनिबार ०९:४५
Spread the loveपोखरा । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा […]