एमसीसीकी उपाध्यक्ष फातिमा र सहायक उपाध्यक्ष जोनाथन काठमाडौंमा

Spread the love

काठमाडौँ । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार बिहान काठमाडौं आइपुगेको हो ।

उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं आएका हुन् । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

काठमाडौं आउनुअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी थिइन । एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ ।

उसले भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ । सरकारले एमसीसीसँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोड्रिगो अब निर्वाचनमा उपराष्ट्रपति पदमा उठ्ने

२०७८ भाद्र २४, बिहीबार १०:५२
Spread the loveफिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन आफ्नो दलको मनोनयन स्वीकार गरेका छन् । फिलिपिन्सको संविधानले राष्ट्रपतिलाई दोस्रो कार्यकाल काम गर्न अनुमति दिँदैन । डुटेर्टेले शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन् । तर डुटेर्टेले आफू देशको मायाबाट प्रेरित […]