व्यवसायी रुक्मशमशेर राणाको निधन

Spread the love

काठमाडौं । व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्ध निर्देशकसमेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ।

सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि व्यवसायिक  उत्पादन थालेको थियो । सुरुमा ५३ लाख वार्षिक कारोबार गरेको डाबरले अहिले हजार करोडभन्दा बढी कारोबार गरिरहेको छ। यो कम्पनीले भारतमा समेत आफ्ना विभिन्न उत्पादन निकासी गर्छ।

उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन् । उनी भारतका लागि नेपालका राजदूत समेत भएका थिए। उनी राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिव समेत भएका थिए।  राणा२०५० देखि २०५१ सम्म र २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए। सुवर्ण शम्शेरका कान्छा छोरा रुक्म सुरुवातदेखिनै नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका थिए। उनको आजै दाहसंस्कार गरिने भएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षमा डा. पन्त चयन

२०७८ भाद्र २६, शनिबार ०८:४९
Spread the loveचितवन । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको […]