विश्व प्रसिद्ध हम्मेल ब्राण्डका सामान अब कब्स इन्टरनेशनलमा पाइने

Spread the love

काठमाडौं । खेलकुदसँग सम्बन्धी पोशाक लगायतका सामग्रीको बिक्रेता विश्व प्रसिद्ध हम्मेल ब्राण्डको डिलर नेपालमा पनि खुलेको छ । नेपालमा आधिकारिक बिक्रेता कब्स इन्टरनेशनल नेपालले हम्मेल ब्राण्डमा सामग्री बिक्री सुरु गरेको हो ।

बिहीबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता गगन थापाले यसको उद्घाटन गरेका छन् । ललितपुरको कुमारी पाटीमा कब्स इन्टरनेशनल चार हजार स्वायरफिट भन्दा बढीको आउटलेट छ । यहाँ हम्मेल ब्राण्डका जर्सी, ज्याकेट, जुत्ता, क्याप, ट्राउजरलगायका खेलकुदसँग सम्बन्धित सामग्री पाइन्छ ।

त्यसका साथै यहाँ खेलकुद बाहेकका टिसर्ट लगायतका पोशाक पनि पाइन्छ । करोडौंको लगानीमा यसको सुरुवात गरिएको संचालक गौतम वैश्यले जानकारी दिएका छन् । सन् १९२३ मा डेनमार्कमा स्थापना भएको हम्मेल ब्राण्ड विश्वमै प्रख्यात छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

२०७८ आश्विन २१, बिहीबार २२:३२
Spread the loveकाठमाडौँ –  सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र […]