बुढानीलकण्ठ नगरपालिका मा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको मिति २०७८ मंसिर १८ गते हात्तीगौडामा आयोजित बृहद् भेलाले, काली बहादुर घिमिरेको अध्यक्षतामा २५ सदस्यिय नगर परिषद् गठन गरेको छ। यस अवसरमा पूर्व सुरक्षाकर्मी परिषद्का केन्द्रिय अध्यक्ष के.वि.राउतले परिषद् गठनको उदेस्य र हालसम्म सम्पन्न गरिएका कार्यहरुको वारेमा सभालाइ जानकारी गराउनु भएको थियो। मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, हाल नेपालको तरल राजनीतिक अवस्थाबाट चिन्तित भइ, अब हामीहरु एकजुट भएर देश बचाउनुपर्ने अवस्था आएको भन्दै, कार्यक्रममा सहभागी बक्ताहरु एकमत र चिन्तित देखिन्थे।
काली बहादुर घिमिरेको सभापतित्व र प्रमूख सेनानी (अ.प्रा.) झपट बहादुर था.म. को प्रमूख आतित्थ्यतामा भएको उक्त समारोहमा परिषद्का अध्यक्ष श्री कोमल बहदुर राउत उपाध्यक्ष पुष्प गौतम लगायतका केन्द्रीय पदाधिकारिहरु, जिल्ला संयोजक तथा काठमाण्डौ जिल्लाको अन्य नगरहरुका नगर संयोजक समेत सहभागी थिए ।
बुढानीलकण्ठ नगरपालिका, पूर्व सुरक्षाकर्मी परिषद् मा निर्वाचित पदाधिकारीहरु
- अध्यक्ष — काली बहादुर घिमिरे
- उपाध्यक्ष — रामकृष्ण परियार
- उपाध्यक्ष — च्यान्टे पराजुली
- सचिव — तुल बहादुर थापा
- सहसचिव — विष्णु के.शी.
- कोषाध्यक्ष — मन बहादुर तामाङ्ग
- सह कोषाध्यक्ष — रुद्र बहादुर श्रेष्ठ
- सदस्य — रुद्र बहादुर कुँवर
- सदस्य — प्रेम बहादुर न्यौपाने
- सदस्य — शम्भु खड्का
- सदस्य — प्रेम बहादुर गिरी
- सदस्य — अमृत कुमार बुढाथोकी
- सदस्य — शम्भु बहादुर खड्का
- सदस्य — सम्भु गुरुङ्ग
- सदस्य — श्रीराम कँडेल
- सदस्य — याम बहादुर महरा
- सदस्य — चिन्ता बहादुर पुन
- सदस्य — रुप बहादुर घिमिरे
- सदस्य — गोपी बहादुर गुरुङ्ग
नगर परिषद् मा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाइ हार्दिक बधाइ एवम शुभकामना छ।