
२ माघ, काठमाडौं । मानवीय सहायता सामग्रीसहित नेपालको सरकारी टोली आज अफगानिस्तानको राजधानी काबुल जाँदै छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान काबुल जान लागेको हो । लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्नेछिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको टोलीले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडा लगायतका करिब १४ टन सामग्री लिएर टोली प्रस्थान गर्न लागेको जानकारी दिए ।
मन्त्री खड्काले सहायता सामग्री पुर्याउन हिमालय एयरलाइन्सले निःशुल्क उडान सहयोग गरेको जानकारी दिए । सामग्रीहरु व्यापारी व्यवसायीहरुले सहयोग गरेको मन्त्री खड्काले बताए ।
~Onlinekhabar