
काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग भएका छन् । पार्टी एकीकरणको एक सातामै ती दलका नेता बाहिरिएका हुन् ।
गौतम नेतृत्वको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका तीनवटा दलसहित चार साना दलका प्रमुख नेताहरू आबद्ध थिए । ती चारै दलका नेताहरूले शनिबार अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।
चार दलका नेता सम्मिलित ११ नेताहरूले विज्ञप्ति जारी गरी अभियानका नेता गौतमलाई नै आफूहरूले कारबाही गरेको दाबीसमेत गरेका छन् ।