
काठमाडौं । सरकारले सार्वजनिक सवारी यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जनाएको छ । यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो ।
पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।