
काठमाडौं । शेयर बजार बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्से सूचक दोहोरो अङ्कले घटेको दिन दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको शेयर किनबेच भयो । आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।