काठमाडौं । आगामी निर्वानमा नेकपा एमालेसँग चुनावी तालमेलबारे वार्ता गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले वार्ता समिति गठन गरेको छ ।
लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिको सदस्यहरुमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेलगायतका अन्य विचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्न समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले बताए ।