Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

जनक माविका ११८ जना विद्यार्थी ‘पढ्दै कमाउँदै’

Posted on २०७९ पुष १४, बिहीबार १२:२३ By HT No Comments on जनक माविका ११८ जना विद्यार्थी ‘पढ्दै कमाउँदै’
Spread the love

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गरेका हुन् ।

पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निन्तर अगाडि बढाउन सहयोग पुगेको उनले बताए ।

“पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रुपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ”, उनले भने, “दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदोरहेछ ।”

यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उनले बताए ।

अर्का विद्यार्थी कक्षा १० मा अध्ययनरत पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन सक्ने हुनको लागि आवश्यक रहेकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन कार्यमा संलग्न भएर काम आएको बताए ।

उनीहरुसँगै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रापालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रापालनको काम गरिरहेको छ ।सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी सोदीक्षा मैनालीले भने विद्यालय हाताभित्रमा रहेको मौरीको घार रेखदेख गर्दै आएकी छन् ।

विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पाँच/पाँच जनाको समूह बनाएर मौरीको घार वितरण गरी मौरीपालन कार्यमा संगल्न गराएपछि उनी अध्ययनसँगै त्यसैमा केन्द्रित भएकी छन् ।

“हामीले विद्यालय हाताभित्र नै मौरीलाई चाहिने फूलका बोट बिरुवा रोप्ने गर्नुपर्छ ।” उनले भनिन्, “त्यसबाट हुने आम्दानीको ५० प्रतिशत विद्यालयलाई र ५० प्रतिशत समूहमा रहने साथीहरुलाई बाँडेर लिन पाइने शिक्षकले बताउनुभएको छ ।”

बाख्रापालन गर्नलाई घरमा गोठ नभएको र मौरीपालन गर्दा धेरै दुःख नहुने भएकाले यही काम रोजेको उनले बताइन् । कक्षाका ४२ जनामध्ये मौरीपालन कार्यमा संलग्न हुन चाहने २० जनाले करिब दुई हप्ताबाट सो कार्य सुरु गरेका छन् ।

उनीहरु मात्रै नभएर विद्यालयका अन्य ७६ जना विद्यार्थी अदुवाखेतीमा संलग्न भएर काम गरिरहेको विद्यालयले जनाएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीका अनुसार छ रोपनी जग्गा भाडामा लिएर ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत अदुवा खेती सुरु गरेको छ । यसरी विद्यालयका विद्यार्थीमध्ये एक सय १८ विद्यार्थी पूर्णरुपमा सहभागी भइरहेको उनले बताए ।

त्यति मात्रै होइन, विद्यालय भवनको पछाडि रहेको जग्गामा टनेलभरि पाकिरहेको गोलभेडा, काउली र मुला छन् । त्यसैको छेउमा फूल फुल्दै गरेको तोरी, अनि धेरै थरिका तरकारीको बेर्नादेखि टिप्न मिल्ने थरिथरिका तरकारी ।

विद्यार्थीको मेहिनतले यहाँका चार रोपनी जग्गा हराभरा बनाएको छ । ‘एक विद्यालय, एक उद्यम कार्यक्रम’अन्तर्गत विषयसँग सम्बन्धित बाख्रापालन, तरकारीखेती, धानखेती र मौरीपालनको समेत काम भइरहेको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि विद्यालयले ‘कृषि उद्यमी क्लब’ भनेर गठन गरेको छ । जसको नेतृत्व कक्षा १२ का विद्यार्थी विवेक पकवालले गरेका छन् । विद्यालयको नेतृत्वमा आवश्यक जग्गा उपलब्ध गराएर विद्यार्थीलाई सहज बनाएको छ ।

जहाँ उत्पादन भएको तरकारी र धान विद्यालयमा नै सञ्चालन भएको दिवा खाजाको लागि विद्यालयले नै खरिद गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीले बताए । उनका अनुसार अहिले विद्यालयले सञ्चालन गरेको बाख्रा फार्ममा १८ वटा बाख्रा छन् ।

यसअघि दुई हजार वटा कुखुरा बिक्री गरिसकेकोमा अहिले ३० वटा लोकल कुखुरा पालन गरी मासु र अण्डा उत्पादनको काम भइरहेको छ ।

विशेष गरी अण्डा उत्पादनको कामलाई प्राथमिकता दिने गरी पाँच सयसम्म पु¥याउने तयारीमा विद्यालय रहेको उनले बताए । यसको रेखदेख गर्नका लागि मोहन स्याङतान दम्पतीलाई राखिएको छ ।

सङ्घीय सरकारको दश लाख अनुदानमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको हो । विद्यालयको कक्षा ७ देखि नै सुरु भएको छ भने कक्षा ९ देखि १२ सम्म पशु विज्ञान प्राविधिक धारको पढाइसमेत सञ्चालन भइरहेको छ ।

Related

शिक्षा

Post navigation

Previous Post: स्पेनले लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई सघाउने
Next Post: चीनबाट आउने यात्रुलाई अमेरिकामा अनिवार्य कोभिड परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme