साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार यात्रा प्रतिबन्धको घोषणा गरेको हो । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द […]

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए । सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै ती जिल्लामा […]

काठमाडौं । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूसहित १३ विद्यार्थी संगठनले सार्वजनिक यातायातमा दोब्बर भाडा लिएर यात्रुलाई ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार भौतिक,योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्बाङलाई बुधबार तीन बुँदै माग पत्र बुझाउदै सामाजिक दुरी कायम गर्ने सर्तमा दोब्बर भाडा लिन छुट दिएपनि ठेलमठेल यात्रुहरु […]

काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देहीको सिद्धार्थनगरका रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको छ । मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य पोस्टमार्टम रिपोर्टपछि आउने बताएका हुन् । पत्रकार सम्मेलनमा केन्द्रीय कारागार सुन्धाराका जेलर […]

काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई सांसदका रूपमा थप जिम्मेवारी नदिन आदेश जारी गरेको छ । न्यायाधीश आानन्दमोहन भट्टराइको इजलासले राष्ट्रियसभामा सांसद बनाइएका वामदेव गौतमलाई थप जिम्मेवारी नदिन आदेश जारी गरेको हो । आदेशमा ’संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादलाई यथास्थितिमा राख्न आवश्यक देखिँदा थप संवैधानिक जिम्मेवारी दिने र लिने […]

काठमाडौं । नेपाली कांग्रेसल डा गोविन्द केसीसँग तत्काल वार्ता शुरु गर्न र जायज माग पूरा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते केसीसँग सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति नआउने बताएका छन् । […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले […]

काठमाडौं । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन  गरी संघले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, […]

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ जना र ललितपुरमा थप ५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा […]