काठमाडौं । आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ । सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी […]

दार्चुला । कालापानी क्षेत्रको सीमा सुरक्षाका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सरकारले भारत र चीनसँग लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आह्वान गरेको सर्वदलीय बैठकमा सभापति देउवाल लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो र यस माथिको अतिक्रमण स्वीकार्य नहुने बताउनुपर्नेमा […]

काठमाडौँ । सत्तारुढ नेकपाले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बोलाएको हो । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेपछि पार्टीका २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेका थिए । तर यसअघि वैशाख २५ गते […]

काठमाडौं । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा मात्र ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ ।

कोरोनाभाइरसबाट ११ जना सङ्क्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ । उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा सङ्क्रमण देखिएको थियो । ती सबै सङ्क्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ । ती ४५ वर्षीया महिलाले आफ्नो पति, दिदी, […]

तौलिहवा । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपिछ कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२०को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले […]