कोरोनालाई जितेर फर्किए कैलाली लम्कीचुहाका २१ वर्षीय युवक

Spread the love

काठमाडौं । कोरोना संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षीय युवक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

कोरोना भाइरस संक्रमण देखिएपछि १६ दिनअघि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । प्रतापपुरको क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना महामारी फैलिएपछि उनी भारतको मुम्बइबाट घर फर्किएका थिए ।

अब २७ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट आएका एक जना केही समयअघि डिस्चार्ज भएका थिए भने शनिबार दुई जना निको भएर डिस्चार्ज भएका थिए ।

HT

Next Post

डा. पुनलाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न बोलाइएको स्वास्थ्य मन्त्रालयको दाबी

२०७७ बैशाख ७, आईतवार १५:३९
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग मागिएको स्पष्टिकरणका बारेमा स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले वरिष्ठ चिकित्सक डा. पुनलाई स्पष्टिकरण नसोधिएको गरेका हुन् । सहसचिव विष्टले डा […]

समाचार छुट्याे की?