डा. पुनलाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न बोलाइएको स्वास्थ्य मन्त्रालयको दाबी

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग मागिएको स्पष्टिकरणका बारेमा स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले वरिष्ठ चिकित्सक डा. पुनलाई स्पष्टिकरण नसोधिएको गरेका हुन् ।

सहसचिव विष्टले डा पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधिएको भन्ने समाचार कपोकल्पित र भ्रामक भएको पनि दाबी गरे । डा पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको भन्ने समाचारहरु बाहिर आएको र सबै समाचारहरु कपोकल्पिक र भ्रामक भएको उनले बताए । सहसचिव विष्टले डा. पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए ।

HT

Next Post

पचास ग्यास उद्योगको अनुमतिपत्र खारेज

२०७७ बैशाख ७, आईतवार १५:४१
Spread the loveकाठमाडौं । नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमले यसअघि अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो । विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको […]