राष्ट्रपति भण्डारीद्वारा दुई वटा अध्यादेश जारी

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई वटा अध्यादेश जारी गरेकी छन् । दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझ पारित गरेकी हुन् ।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो । ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको बताइएको छ ।

HT

Next Post

हामीले कोरोनालाई जित्न सक्ने यस्ता छन् विशिष्ट कारण

२०७७ बैशाख ८, सोमबार १३:२५
Spread the love : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ..नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन | यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग लागेपनि रोगलाई जित्न सक्ने विशिष्ट कारण छन् | जुन यसप्रकार छन् |…१. लकडाउन : समयमै लकडाउन भएको, सिमाना […]