• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

लोकतन्त्रको रक्षाका लागि ओली सरकार ढाल्नुको बिकल्प छैनः बाबुराम भट्टराई

ByHT

Apr 21, 2020
Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि बर्तमान सरकार ढाल्नुको बिकल्प नभएको बताएका छन् । मंगलबार साँझ ट्वीट गर्दै भट्टराईले कोरोनाको कहरका बेला अध्यादेश ल्याएर लोकतन्त्र विरोधी काम गरेकाले ओली सरकार बिदा गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘कोरोनापीडित आमजनता र लकडाउनरभोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन । दलीय घेराभन्दामाथि उठौं ! ओलीतन्त्रको अन्त्य गरौं ! लोकतन्त्रको रक्षा गरौं!’

HT