राजपा नेपाल र समाजवादी पार्टीबीच एकता, पार्टीको नाम ‘जनता समाजवादी’

Spread the love

काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएको छ । भट्टराई निवास विशालनगरमा भएको लामो छलफलपछि बुधबार मध्यरातमा दुइ पार्टीबीच एकता भएको हो ।

एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी तथा समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राइ र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकतापछि एकीकृत पार्टीको नाम जनता समाजवादी पाटी,नेपाल रहने छ । यसअघि पटक पटक छलफल भएपछि एकता हुन सकेको थिएन । दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

HT

Next Post

ग्रीन कार्ड स्थगित गर्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

२०७७ बैशाख १०, बुधबार १८:१३
Spread the loveअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर यसमा केही छुटको व्यवस्था गरिएको छ । ट्रम्पका अनुसार ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि […]

समाचार छुट्याे की?