• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ पुग्यो

ByHT

Apr 24, 2020
Spread the love

काठमाडौं । नेपालमा अर्का एक जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनका कोरोना भाइरस पोजेटिभ देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । यसमध्ये दश जना निको भई अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित अरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

HT