पछिल्लो परिस्थिति र परस्पर समझदारीका विषयमा प्रधानमन्त्री, देउवा र प्रचण्डबीच सामूहिक छलफल

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले दुई नेतालाई भेटका लागि बालुवाटार बोलाएका हुन् ।

सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि बालुवाटार बोलाएका हुन् । भेटमा पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेजसमेत गरिसकेकी छन् । दल विभाजन सम्बन्धी र संबैधानिक परिषद् सम्बन्धि अध्यादेश सरकारले सोमबार जारी गरेको थियो । तर पार्टी भित्रै र बाहिरबाट धेरै आलोना खेपेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन बाध्य भएका थिए ।

HT

Next Post

सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेहरुमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव

२०७७ बैशाख १२, शुक्रबार ११:१२
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेहरुमाथि कारबाही गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीसँग शुक्रबार भएको भेटवार्ताका क्रममा सभापति देउवाले दुबै अध्यादेश फिर्ता गरेर गल्ती सच्याएको भन्दै सांसद अपहरण गर्नेहरुमाथि कारबाही गर्न माग गरेका हुन् । उनले […]

समाचार छुट्याे की?