राष्ट्रिय आविष्कार केन्द्रले खाना र औषधि पुर्याउनका लागि बनाएको पहिलो रोबोट

Spread the love

महाबीर पुन ।

लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधिहरु पुर्याउने पहिलो रोबोट । तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन् ।

यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लाग्यो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो । अन्य पार्टपुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयँ जति लागेको छ ।

यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ । यस्तै रोबोटको माग बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको छ । अब यस्तै अरु रोबोट बन्ने छ ।

HT

Next Post

लक्षणबिहीन कोरोना संक्रमण एकदम घातक

२०७७ बैशाख १४, आईतवार ०३:३४
Spread the love  डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने | त्यो बेला स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने, १ फिटको दुरी कायम गर्नुपर्ने, N 95 खालका […]