Spread the love
काठमाडौँ । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
यसअघि सरकारले वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो।
वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो। हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।