• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

ओली-नेपाल समूहको छलफलमा जुटेन सहमति, मंगलबार सचिवालय बैठक

ByHT

Apr 27, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच अनौपचारिक छलफल भएपनि सहमति नभएपछि मंगलबारका लागि सचिवालय बैठक बोलाइएको हो । छलफलमा सहभागी नेता रघुजी पन्तले आजको छलफलले कुनै निर्णय नगरेको र मंगलबार सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए ।

छलफलमा दुईपक्षबीचको धेरै विचार विमर्श भएको बताएका छन् । छलफलमा पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु स्पष्टसँग राखेको बताए । उनले सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने र बैठकमा सरकारका काम र पार्टीका कामको विना पूर्वाग्रह समीक्षा गर्ने बताए ।

उनले पार्टीको विवादको निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्री को हैसियतमा केपी ओलीले दिनुपर्ने बताए । बैठककमा प्रधानमन्त्री ओली समूहबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।

HT