कोरोना भाइरस निर्मूल पारेको न्यूजील्याण्डको घोषणा

Spread the love

न्यूजील्यान्डले कोरोनाभाइरसलाई निर्मूल पारेको घोषणा गरेको छ । केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी हुन् । तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोनाभाइरस सङ्क्रमण अन्त्य भएको अर्थ ननिकाल्न भनेका छन् ।

न्यूजील्यान्डले कडा खाले सामाजिक प्रतिबन्धहरू हटाउनु केही घण्टा अगाडि यो घोषणा भएको हो । मङ्गलवारबाट स्वास्थ्य सेवा, शिक्षा र अन्य व्यवसायहरू सुचारू हुने गरी प्रतिबन्ध हटाइएको हो । धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक जमघट गर्न नहुने नियमहरू भने कायम छ । पत्रकार सम्मेलनमा आर्डनले आफूहरुले अर्थतन्त्रलाई खोल्दै गरेको तर मानिसको सामाजिक जीवन नखोलेको बताइन् ।

न्यूजील्यान्डमा १५ सय जनाभन्दा कमलाई सङ्क्रमण छ भने १९ जनाको मात्रै मृत्यु भएको छ । न्यूजील्यान्डका स्वास्थ्य महानिर्देशक एस्ले ब्लूमफिल्डले हालैका दिनमा भएका कम सङ्क्रमणले ’निर्मूल पार्ने लक्ष्य प्राप्त गरेको विश्वास गर्ने’ आधार बनेको बताए । तर उनले यसको अर्थ नयाँ सङ्क्रमण नै नहुने लगाउन नहुने बताउँदै ’यसको अर्थ नयाँ सङ्क्रमण कहाँबाट आइरहेका भने थाहा हुने अवस्था बनाएको’ बताए ।

आर्डनले न्यूजील्यान्डमा परीक्षण नभएको ठूलो सङ्ख्याको समुदायमा सङ्क्रमण नभएको बताउँदै यो युद्ध जितेको बताइन् । तर उनले यही अवस्था राखिरहन देश सावधान अवस्थामा रहनुपर्ने बताइन् ।

न्यूजील्यान्डले केही दर्जन सङ्क्रमण मात्रै हुँदा कडा प्रतिबन्धहरू लागु गरेको थियो । महामारीको रूप लिनु अगाडि नै न्यूजील्यान्डले सीमा नाकाहरू बन्द गरेर वृहत् परीक्षण शुरू गरेको थियो ।  आर्डनले त्यति नगरेको भए आफ्नो देशमा दैनिक एक हजार नयाँ सङ्क्रमणको अवस्था आइपर्ने थियो भनेकी छन् ।

HT

Next Post

उत्तर कोरियाली नेता किमको उत्तराधिकारी को हुनसक्छ ?

२०७७ बैशाख १५, सोमबार ०९:१६
Spread the loveएलिस्टर कोलमेन मिथ्या सूचना नियन्त्रण विज्ञ विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अन गम्भीर बिरामी अथवा निधन नै भइसकेको भनेर आशङ्का व्यक्त गरिरहँदा त्यहाँका सञ्चारमाध्यमले उनको अवस्था सामान्य रहेको सङ्केत दिएका छन् । आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको अप्रिल १५ मा मनाइएको […]