पासबिनाका सवारीसाधन गुड्न नदिई लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयको निर्देशन

Spread the love

काठमाडौँ । गृह मन्त्रालयले लकडाउनको समयमा पासबिनाका कुनै पनि सवारीसाधन गुड्न नदिन निर्देशन दिएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पासबिनाका सवारीसाधन गुड्न थालेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो ।

पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो । त्यस्तै मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न पनि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

HT

Next Post

कोरोना भाइरस निर्मूल पारेको न्यूजील्याण्डको घोषणा

२०७७ बैशाख १५, सोमबार ०७:५९
Spread the loveन्यूजील्यान्डले कोरोनाभाइरसलाई निर्मूल पारेको घोषणा गरेको छ । केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी हुन् । तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोनाभाइरस सङ्क्रमण अन्त्य भएको अर्थ ननिकाल्न भनेका छन् । […]