लकडाउनमा घर बसेका कर्मचारीको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

Spread the love

काठमाडौँ । लकडाउनको अवधिमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने भएका छन् । यस सम्बन्धी सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिएको छ ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाइएको थियो । सोही अनुसार सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

HT

Next Post

खुले बेइजिङ र सांघाइका विद्यालय

२०७७ बैशाख १५, सोमबार १६:०२
Spread the love सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै […]