• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

ओली र प्रचण्डको बालुवाटारमा बैठक

ByHT

Apr 28, 2020
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ । भेटका लागि प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । पार्टीमा देखिएको अन्तरविरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुने बताइएको छ ।

यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए । सोमबार माधव नेपाल र ओली समूहबीच नेपाल निवास कोटेश्वरमा भएको थियो । त्यसपछि आज सचिवालय बैठक बोलाउने बताइएको थियो । तर बैठकको समय भने अझै तय भएको छैन । ओली पक्ष सचिवालय र स्थायी कमिटी बैठक आवश्यक नभएको बताउँदै आएको छ भने ओली इतर समूह बैठकबाटै अब विवाद टुंग्याउनुपर्छ भन्ने पक्षमा रहेको छ ।

HT