थप तीन जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५७

Spread the love

काठमाडौं । नेपालमा बुधबार थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित तीनै जना पुरुष हुन् ।उनीहरु सबैजना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइएको छ ।

गत आइतबार वीरगन्जका दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

HT

Next Post

प्रधानमन्त्रीद्वारा संसद बैठक कक्षको अवलोकन, अधिवेशन बोलाउने तयारी

२०७७ बैशाख १७, बुधबार ०६:४७
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतले बुधबार संघीय संसद बैठक कक्षको स्थलगत अवलोकन गरेका छन् । सो अबसरमा उनीहरुलाई नोभल कोरोना भाइरस (कोभिड–१९) कारण सिर्जीत विषम परिस्थितमा संसद बैठकमा बसाई व्यवस्थापनका लागि संसद सचिवालयले गरिरहेको तयारीबारे जानकारी गराईएको थियो । […]