नेकपाको सचिवालय बैठक निष्कर्षविहीन, २० गते पुनः बैठक बस्ने

Spread the love
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री बालुवाटारमा बसेको बैठकमा पार्टी भित्रको विवाद र स्थायी कमिटी बैठक बोलाउने बारेमा छलफल भएपनि छलफल कुनै निष्कर्षमा नपुगेको हो ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय पनि गर्ने जानकारी दिए । बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढिकरण, सरकार र स्थायी कमिटी बैठकका बारेमा गम्भीर छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्यो ।
बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयो । सबै सदस्यहरूले आ आफ्फ्ना धारणाहरू राख्नुभयो ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७

HT

Next Post

आर्थिक वृद्धिदर २.२७ प्रतिशत

२०७७ बैशाख १७, बुधबार १५:३९
Spread the loveकाठमाडौँ । केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २.२७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण गरेको हो । कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा […]