• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

बहराईनमा १५७ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

ByHT

Apr 30, 2020
Spread the love

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार ३१ जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । दूतावासका अनुसार बहराईमा १५ सय ३४ कोरोना संक्रमित छन् जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै संक्रमणबाट बिहीबारसम्म आठ जनाको मृत्यु भएको छ ।

HT