६१ हजार भन्दा बढीको कोरोनाको नमुना परीक्षण

Spread the love

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को परीक्षण दायरा बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ। २४ घण्टामा परीक्षण भएका नमुनामा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन्। जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको देवकोटाले बताए । सातै प्रदेशमा गरेर २२ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा चार र बाहिर ८५ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

HT

Next Post

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

२०७७ बैशाख २०, शनिबार ११:४८
Spread the loveकाठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिट परिवर्तन गरिएको छ । यसअघि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भन्दा बेग्लै बस्ने व्यवस्था गरिएपनि आजको बैठकमा सँगै बस्ने कुर्सी राखिएको छ । गत […]