• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपालगंजमा थपिए ६ संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

ByHT

May 3, 2020
Spread the love

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगंज नगरपालिका वडा नम्बर आठका १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षकी महिलामा केरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबारै नेपालगंजमा नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । यी मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

HT