काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले पार्टी र आन्दोलन एकभएर अघि बढोस् भन्ने चाहना व्यक्त गरेकी छन् । शनिबार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लूस्थित निवासमा भेट्न पुगेकी राष्ट्रपति भण्डारीले पार्टी र आन्दोलन एक भएर जाओस् भन्ने चाहना व्यक्त गरेकी हुन् ।
पार्टी बलियो नभई लोकतन्त्र बलियो नहुने भन्दै लोकतन्त्र सुदृढ हुनुपर्ने राष्ट्रपतिको भनाई रहेको खनालले बताए । वरिष्ठ नेता खनालले राष्ट्रपति र आफूबीच विगत र वर्तमानका विविध विषयमा कुराकानी भएको जानकारी दिए ।
उनले आफ्नो स्वास्थ्य ठीक रहेको र बाहिर प्रचार गरिए जस्तो केही नभएको बताए । राष्ट्रपति भण्डारीले खनाल निवासमा करिव एकघण्टा विताएकी थिइन् ।