
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन् । सिंहदरबारस्थित संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न नेम्वाङ र पौडेल सचिवालय पुगेका हुन् ।
अहिले तीन नेताबीच छलफल भइरहेको छ । नेपाल पक्षका सांसदहरुलाई राजीनामा दिनबाट रोक्ने अन्तिम प्रयाससहित नेम्वाङ र पौडेलले नेता नेपालसँग अहिले छलफल गरिरहेका छन् ।
नेपाल पक्षका सांसदहरू भने सार्वजनिक लेखा समितिको बैठक हलमा बसिरहेका छन् । सामूहिक राजीनामाको तयारीसहित सांसदहरु सिंहदरबारमा भेला हुना थालेपछि नेम्वाङ र पौडेलले नेता नेपाललाई भेट्न समय मागेका थिए ।
नेपाललाई भेट्न जानुअघि नेम्वाङ र पौडेल अर्थ मन्त्रालयमा छलफल गरेका थिए । पार्टीमा विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बोधन नगरेपछि नेपाल पक्षका सांसदहरु सामूहिक राजीनामा दिन लागेका बताइएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।