काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन आफ्नोतर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन । बिहीबार सामाजिक संजालमार्फत विष्टले यस्तो बताएका हुन् । उनले
राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने बताएका छन् ।
विष्टले भनेका छन्, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित ११ जनालाई यसअघि पार्टीबाट निस्कासन गरेका थिए भने अन्य १२ जनालाई स्पटीकरण सोधेका छन् । यसै सन्दर्भमा विष्टको यस्तो भनाई आएको हो ।